रुरु– रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति २०६३ सालमा नेपाल सरकारद्वारा गठन भएको हो । रुरु रेसुङ्गा क्षेत्र भन्नाले गुल्मी जिल्लाका तम्घास, अर्खले, हस्तिचौर, वडागाउँ, पराल्मी, वलिथुम, जुभुङ्ग, गौंडाकोट, दुविचौर, दरवार देविस्थान, सिमीचौर गाउँ विकास समितिहरु, गुल्मी, पाल्पा र स्याङ्गजाको संगम स्थल पूर्व स्याङ्गजा जिल्लाको कारीकोट, पश्चिम गुल्मी जिल्लाको थोर्गा र भड्कुवा, उत्तर बडीघाट खोला र रुद्रवेणी, दक्षिण पाल्पा जिल्लाको कुसेनी भित्रको क्षेत्र र गुल्मी जिल्लाको धुर्कोट वस्तु स्थित विचित्र गुफा र सो आसपासको क्षेत्र पर्दछ । यो ठाउँ ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ । रुरु–रेसुङ्गा गुल्मी जिल्लाका सुप्रसिद्ध तपोभूमि हुन । भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनीबाट ६६ कि।मि।को दुरीमा पाल्पा जिल्लाको मनमोहक र आर्कषक सदरमुकाम तानसेन र श्रीनगर अवस्थित छ । तानसेन नजिकै पश्चिक तर्फ प्रसिद्ध भैरवस्थान मन्दिर रहेको छ । तानसेनको पश्चिम ३० कि।मि। मोटरबाटोको दुरीमा रुरु क्षेत्र र ७५ कि।मि।को दुरीमा रेसुङ्गा क्षेत्र रहेको छ ।
पौराणिक, धार्मिक तथा ऐतिहासिक दृष्टिकोणबाट रुरु रेसुङ्गाको स्पष्ट इतिहास छ । यहाँका मठ, मन्दिर, लगायत थुप्रै प्रमाणहरु छन् । यहाँ पौराणिककालका प्रसिद्ध ऋषिहरुले तपस्या गरी साधना प्राप्त गरेका हुन् । रेसुङ्गा पौराणिककालका प्रसिद्ध ऋषि ऋष्यश्रृङ्ग देखि जोसमनि सन्त सम्प्रदायका प्रवर्तक स्वामी शशिधर महाप्रभु लक्ष्मीनारायण, प्रभु यदुकानन्द जस्ताले यस भूमिमा तप तथा यज्ञ गरे । उक्त परम्परा अहिलेसम्म पनि चलिरहेको छ ।
रुरु क्षेत्रको निकट रमणीय पर्वतिय प्रान्त भएकोले यहाँ धेरै ऋषिहरुले तपस्या गरेका थिए । ‘सृष्टिको शुरुमा ब्रह्माजीको मनबाट सृष्टि महर्षि भृगुले यसै पर्वतमा तपस्या गरेका थिए । रेसुङ्गा कृष्ण गण्डकी तटस्थित रुरु क्षेत्रको शिर हो । रुरु क्षेत्रमै ब्रह्माजीका मानसपुत्र पुलस्य–पुलहको आश्रम थियो । अर्थात् भृगु, पुलस्य–पुलह सबै रेसुङ्गाका तपस्वी थिए । रुरुक्षेत्रका तपस्वीहरु पनि वर्षायाममा रेसुङ्गाका चुचुरामा बस्थे ।’ पौराणिक कालदेखि वर्तमान कालसम्म रेसुङ्गा पर्वत सिद्धभूमि, तपोभूमी, योगभूमि, र यज्ञभूमि रही आएको छ । यस पवित्र भूमिमा भगवान शिव सिद्धेश्वर महादेवको रुपमा प्रकट भएका हुन । अहिले रेसुङ्गामा सिद्धको मन्दिर छ, त्यो सिद्धेश्वर महादेवको मन्दिर हो । यस क्षेत्रमा गरिएका कर्महरु महादेवको कृपाले सिद्ध हुन्छन् । रेसुङ्गामा हजारौं वर्ष पहिल्यैदेखि तपस्या, साधना, अध्ययन मनन चिन्तन गर्ने ऋषि परम्परा अहिलेसम्म पनि चलिरहेको छ ।
पौराणिक कालमा रेसुङ्गामा भृगु पुलस्य आदि ऋषिले तपस्या गरेका थिए । रुरु क्षेत्रमा तपस्या गर्ने अन्य ऋषि मुनिहरुको पनि बर्षे आश्रम रेसुङ्गा थियो । रेसुङ्गामा प्रख्यात महर्षि ऋष्यश्रृङ्गले तपस्या गरेको कुरा बताईन्छ । ऋष्यश्रृङ्गको बारेमा, बाल्मिकी, रामायण, महाभारत तथा अन्य पुराणहरुमा समेत उल्लेख्य गरेको पाइन्छ । उनी ब्रह्माजीका सभासद महर्षि काश्यपका नाति, विमाण्डक ऋषिका पुत्र थिए । ऋष्यश्रृङ्गले नै राजा दशरथको पुत्रेष्टि यज्ञ सम्पन्न गरेका थिए ।
ऋष्यश्रृङ्गाको जन्मको बारेमा पनि अचम्मको कथा छ । एकदिन विमाण्डक ऋषिले कुनै तलाउमा नुहाउँदै थिए । त्यसै तलाउमा अर्कोतिर कुनै रुपवती अप्सराले नुहाउँदै थिइन । अर्धनग्न अवस्थामा नुहाएकी अप्सरालाई देखेर ऋषि कामासक्त भएछन र उनको बिर्य पतन भएछ । पतित बिर्य तलपट्टी पानी खाइरहेको मृगले अनजानमै खाएछ र उक्त मृग गर्भणी भइन् । त्यही मृगीको गर्भबाट टाउकोमा एक सिङ भएको बच्चाको जन्म भएछ । तिनै बालकपछि गएर ऋष्यश्रृङ्ग बने ।
उनी आप्mना बाबु विमाण्डकको आश्रम कौशिकी तटमा हुर्के । उनले आप्mना बाबु विमाण्डक बाहेक अन्य व्यक्तिहरुलाई देखेका थिएनन् । उनले स्वास्नी मानिसको मुख पनि देखेका थिएनन् । त्यस समयमा अंग देशमा राजा लोमपाद थिए । उनी अयोध्याका राजा दशरथका परममित्र थिए । लोमपादले राज्य गर्ने क्रममा जनताहरु माथि थुपै्र अन्याय गरे । ब्राह्मणहरुलाई ढाँट्ने काम गरे । त्यस पापको फलस्वरुप अंगदेशमा भयंकर खडेरी प¥यो । त्यसपछि ब्राह्मण्डहरु र विद्धानहरुको सल्लाह बमोजिम राजाले ऋष्यश्रृङ्गलाई ल्याउन भनि बेश्याहरु पठाए । ती बेश्याहरु कौशिकी तटस्थ रमणीय आश्रममा पुगे । ति बेश्याहरुले विमाण्डक नभएको बेलामा अनेक हाउभाउ देखाए र साँझ पख फर्के । कहिल्यै मानिस नदेखेका ऋष्यश्रृङ्गालाई ति बेश्या अर्को आश्रमबाट आएका मुनि कुमार जस्तो लाग्यो । साँझपख नबोलिकन सायमकालीन कृब्य संन्ध्या, अग्निीहोत्रादी नगरेका छोरालाई देखेर आश्चर्य बिमाण्डकले सोध्दा ऋष्यश्रृङ्गले जटिल ब्रह्माचारीको बयान गरे । उनको बयानबाट बेश्याहरु आएर छोराको मन बिगारी दिएछन् भन्ने बुझेका बिमाण्डकले राक्षसीमाया भएकोले त्यसबाट बच्न आदेश दिए । तर भोलीपल्ट ती बेश्याहरु आएर बिमाण्डक नभएको मौकापारी हावभाव कटाक्षले ऋष्यश्रृङ्गलाई मोहित पारेर लगे । उनलाई अंकदेशमा स्वागत गरियो । अलौकिक अध्यात्मिक बलले त्यहाँ भारी वर्षा भयो । त्यहाँका सम्पूर्ण जनता ऋष्यश्रृङ्गप्रति कृतज्ञ भए । राजा लोमपादले आप्mनी छोरी शान्तालाई उनीसंग विवाह गरिदिए । राजाले आप्mना छोरी ज्वाईलाई गोठहरु, गाईहरु दिए । विमाण्डकले छोरालाई शान्ताबाट पुत्र जन्मेपछि पुनःकौशिकी तटमा आउनु भन्ने आज्ञा दिएका थिए ।
राजा दशरथको बृद्ध उमेर हुँदासमेत पुत्र नजन्मेकाले आप्mना गुरु बसिष्टसंग राजाले उपाय सोधे । बसिष्टले ऋष्यश्रृङ्गलाई डाकी एउटा पुत्रेष्टि यज्ञ गर्नुपर्दछ भन्ने उपाय बताईदिए । उक्त यज्ञको आयोजना गरियो । ऋष्यश्रृङ्गालाई यज्ञमा आचार्य बनाईयो । हवन शुरु भएपछि अग्निले पायसको थाल लिएर आए । सो थाल दिई अग्नी लोप भए । त्यही पायस रानीहरुलाई खुवाएपछि राजा दशरथलाई राम, लक्ष्मण, भरत र शत्रुधन गरी ४ छोरा जन्मेका थिए ।
आप्mनो बुबाको आज्ञा अनुसार पुत्र नजन्माइकन आप्mनो आश्रममा आउन निशेष गरिएका ऋष्यश्रृङ्ग आप्mनी पत्नी शान्तालाई लिएर कौशिकी नदिको समान नदी कालीगण्डकीको तिरैतिर रुरु क्षेत्रमा आईपुगे उनी रेसुङ्गामा आएर बसे । यसरी श्रृष्यऋङ्गबाट रेसुङ्गा नाम रहन गएको हो भन्ने भनाई छ । भने ऋष्यश्रृङ्गको हिउँदे आश्रम श्रृङ्गा हो भन्ने भनाई पनि सार्थक हुन्छ ।

No comments:
Post a Comment